धरान : धनकुटाको पाख्रिवास नगरपालिका–९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ । 

आज बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरीरमा आगो सल्कँदा मगरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाको जानकारी पाए सँगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।