धरान  : धरान-१४ विजयपुरको आइडल स्कुलको बस दुर्घटना भएको छ ।
को १ प ३३९९ नम्बरको स्कुल बस विद्यार्थी पुर्‍याउन जानेक्रममा धरान-४ को बसन्तटारमा साँझ ५ बजे दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानले जनाएको छ ।
सडकबाट अन्दाजी ३० फिट तल खसेर दुर्घटना हुँदा बस चालक धरान-१४ का ३५ वर्षीय नारायण मगर, सहचालक २८ वर्षीय विर्खवहादुर तामाङ सहित १५ जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको विजयपुर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । विद्यार्थी पुर्‍याएर फर्किने क्रममा दुर्घटना भएको र सबैको अवस्था सामान्य रहेको आइडल स्कुलका प्रिन्सिपल सागर खडकाले बताए ।