धरान : कफीको पारखी धरानेहरुको लागि धरान-११ नारायण चौकमा सुगर एण्ड स्पाइस सञ्चालनमा आएको छ । 

माघ १९ गते ट्रायल ओपनिङ्ग गरेर सुरु गरिएको सुगर एण्ड स्पाइसले शनिवार भने ग्राण्ड ओपनिङ्गको आयोजना गरी सुरुवात गरेको हो । करिब ४० लाख लागतमा सुरु गरेको सुगर एण्ड स्पाइसको उद्घाटन सञ्चालक कुन्साङ्ग गुरुङकी आफ्नै ५५ वर्षीय आमा नुतन सुब्बा गुरुङले केक काटेर उद्घाटन गरेकी थिइन ।

आफ्नो समयमा मन भए पनि आट नभएको र त्यो समयमा परिवारको साथ समेत नहुने भएको हुँदा आफ्नो छोरीलाई युवा अवस्थाबाट नै व्यवहारिक र व्यावसायिक ज्ञान दिनका लागि आफै प्रोत्साहन गरी व्यवसाय सञ्चालनमा ल्याउन लगाएको उद्घाटनको क्रममा सञ्चालक कुन्साङ्गकी आमा गुरुङले बताइन । 

गुरुङको तिन छोरी मध्ये कुन्साङ्ग कान्छी छोरी हुन । व्यवसाय संचानलका लागि सहयोग समेत गरेकी जेठी छोरी परिवाको साथमा युकेमा छिन भने माइली छोरी अस्ट्रेलियामा अध्ययनको क्रममा रहेको उनले बताइन ।

 ग्राण्ड ओपनिङ्गको दिन करिब डेढ सय जना ग्राहकहरूले भिजिट गरेको सञ्चालक कुन्साङ्गले जनाइन । उनका अनुसार २५ भन्दा बढी भ्याराइटिका कफीको स्वाद लिन पाइने क्याफेमा धरानको अन्य रेस्टुरेन्टमा नपाइने टिवेटियन द पाउ मम, वाओ पञ्च, पिज्जा, बर्गर र घरमा नै बनाएको फ्रेन्च फ्राई र लोडेड फ्राइको स्वाद सुगर एण्ड स्पाइसमा लिन सकिनछ । नर्सिङ कोर्ष सकेर बसेकी २२ वर्षीय कुन्साङ्गले आफ्नै घरमा व्यवसायको सुरुवात गरेकी हुन ।