धरान : पूर्वी पहाडी जिल्ला तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारमा आगलागी भएको छ । 

बिहान साढे ५ बजे म्याङ्लुङ नगरपालिका १ का शिव पङ्गेनहाङको घरमा ग्यास लिक भएर आगलागी भएको बताइएको छ ।

आगो दमकल, सेना, प्रहरी र स्थानीयवासीले करिब २ घण्टामा नियन्त्रणमा लिएको तेह्रथुमका सञ्चारकर्मी मनोज तेङ्युङले बताए । 

आगलागीबाट एउटा घर पुर्णरुपमा जलेको र क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ ।