धरान : इलामको माईजोगमाई गाउँपालिका-४ स्थित माईखोलामा डुबी बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा माईजोगमाई-४ का दीपक राईको ९ वर्षीया छोरी अरिना राई रहेकी छिन ।

हिजो बेलुकी ४ बजे माईखोलामा माछा मार्ने क्रममा पानीमा डुबी अचेत अवस्थामा आमाले फेला पारी उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घरमै मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।