धरान : प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश १ को नामकरणको लागि लिम्बू र राई मिल्नुको विकल्प नरहेको बताए । 

स्वास्थ्य मन्त्री यादवले धरानमा जनता समाजवादी पार्टीको सुनसरी क्षेत्र नम्बर १ को क्षेत्रीय समिति गठनको अवसरमा प्रदेश १ नामकरण लिम्बुवान किरात के हुने भन्ने विषयमा एक मत भएर आउनुपर्ने बताए ।

प्रदेश १ लिम्बु र राईको ऐतिहासिकताको आधारमा नामकरण हुनसक्ने भए एक मत हुनुपर्ने बताए । अन्यथा अरू नाम पनि हुनसक्ने बताए । उनले एमालेको पनि बहुमत नपुग्ने बताए । जनता समाजवादी गठबन्धन सहितको नामकरण नभए आफ्नै अनुसार नाम प्रस्ताव गरिने बताए ।

जनता समाजवादी पार्टीको विषयमा आएको समाचार दुखद भएको बताए । पार्टीमा एक व्यक्ति एक पद भएर जानुपर्ने बताए । तर केही व्यक्ति जो पदको लालचमा मात्र लाग्ने हो भने सङ्गठन बिस्तार हुन नसक्ने बताए । उनले अशोक राई उदाहरणीय व्यक्ति भएको भन्दै पदमा मरिहत्ते नगरेकोले नै आफ्नो आदर्शको व्यक्ति भएको बताए ।

मधेस प्रदेश पछि प्रदेश १ नै जनता समाजवादीको लागि सङ्गठन बलियो रहेको बताए । उनले पहाडी भेगमा जनता समाजवादी पार्टीमा आकर्षण बढेको बताए । पार्टीको लागि सङ्गठन बनाउन वडा स्तरबाट नै लाग्नुपर्ने बताए । चुनावी समयमा मात्र लाग्नुभन्दा चुनाव अघि नै सुख दुखमा जोडिनुपर्ने बताए । चुनावको बेला लाखौँ खर्च गर्नुभन्दा अगाडिदेखि नै हजारको खर्च गर्दा लाखौँ रुपैयाँको काम हुने बताए ।

मन्त्री यादवले राजनीति मार्केटिङ जस्तै भएको भन्दै जनता समाजवादीको एजेन्डा जस्तो अरू पार्टीको नभएको बताए । जनता समाजवादी पार्टीलाई अहिले मार्केटिङ गर्न सजिलो रहेको बताए ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले मंगलबार गठित सुनसरी निर्वाचन क्षेत्र १ कार्यकारी नभै समन्वयको भूमिका रहने बताए । आफू विगतमा यस क्षेत्रमा उम्मेदवार भएको भन्दै तत्कालीन प्रतिबद्धतालाई पूरा गर्न हाल आफू यस क्षेत्रमा लागिरहेको बताए । 

नेता राईले यस क्षेत्रमा उम्मेदवार जोसुकै भए पनि पार्टी निर्माणका लागि आफू लागेको बताए । हालको गठबन्धन आजसम्मको उपलब्धि प्राप्त भएकोलाई संरक्षण गर्दै थप उपलब्धि लिनको लागि भएको बताए । हाल शासकीय स्वरूप निर्वाचन प्रणाली समानुपातिक समावेशीको कुरा उद्देश्य प्राप्तिको लागि अगाडी बढेको बताए ।

उनले केपी ओलीको तीन वर्षे सरकारले चुट्किला भनेर बिताएको बताए । चुट्किला मात्र भनेको भए राम्रो हुने भन्दै तर संविधान नै ध्वस्त बनाउने काम गरेको बताए । ओलीको त्यो प्रतिगमनले आफ्नो पार्टीको ६ प्रदेशको सरकार समेत ढल्नुको साथै राष्ट्रिय सभामा १९ सिटमा १८ सिटमा पराजित समेत हुनुपरेको बताए । 

नेपालको उत्कृष्ट भनिएको संविधान संविधानसँग बाझिएको कानुन खारेज हुनेछ भनिए पनि संविधानबिदले भने स्थानीय तह पनि स्थानीय सरकार भएकोले त्यो सरकार खाली हुन नहुने तर्क राखिएको बताए । 

पार्टीको विषयमा आएको समाचारमा पार्टी भित्र विभिन्न विषयमा छलफल भइरहेको बताए । 

एमसिसीमा व्यक्तिगत कुरा मात्र आएको बताए । जसपाको २२ सांसद भएको भन्दै पास गर्न पनि नसक्ने फेल गर्न पनि नसक्ने बताए । एमसिसीलाई ठुला पार्टीले संसदमा कसरी ल्याउदारहेछ्न त्यही अनुसार छलफल हुने बताए । त्यसपछि एमसिसिको दफा दफा छलफल हुने बताए । 

नगेन्द्र पारघरीको अध्यक्षतामा ३३ सदस्यीय  क्षेत्रीय समिति गठन 

नगेन्द्र पारघरीको अध्यक्षतामा३३ सदस्यीय जनता समाजवादी पार्टीको सुनसरी क्षेत्र नम्बर १ को क्षेत्रीय समिति गठन भएको छ । 

सदस्यहरू सन्तोष कुरुम्बाङ, ताजुप लिम्बू, बिना पुमा राई, प्रेम शाक्य, हेमराज जिमी, शम्भु राई, सुमन चेम्जोङ, कमला सुब्बा, सीता राई, लक्ष्मी राई, निर्वाचन राई, वृषमान राई, नरकुमार लिम्बू, पर्शु मेवाहाङ राई, भगिराज चेम्जोङ, मदन तामाङ, लेखमान सुब्बा, हरिकुमार राई, शिव आङ्देम्बे, रामकाजी राई, बिन्द्रकुमार राई,जितकुमार राई, रामबहादुर खड्का, शिलास राई, अशोक कुमार चौधरी, नरेश राई, विमल राई, जितबहादुर राई, अञ्जना राई, दिलीप राई, धनराज राई, राजु बस्नेत, रामकुमार राउत रहेका छन् ।

Jasapa-1