धरान : उदयपुर गढी गाउँपालिका–७ उदयपुरको बाघखोर कोल्टे सडक खण्डमा हिजो साँझ भएको टिपर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । 

उक्त सडक खण्डबाट बालुवा बोकेर जाँदै गरेको पवित्रा निर्माण कम्पनीको स १ क १९० नम्बरको टिपर अचानक ब्रेक फेल भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना हुँदा उक्त टिपरमा सवार रहेका ४ जना घाइते भएका थिए ।

घाइते चारै जनालाई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाइएकोमा उपचारको क्रममा स्थानीय १९ वर्षीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य घाइतेहरूको उपचार भइरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।