धरान : युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा फेदापको आयोजनामा सावा ये?हाङ याकथुङ जातिको मौलिक धर्म, संस्कार, संस्कृतिका विषयमा एक दिने अन्तरक्रिया सम्पन्न भएको छ ।

लालीगुराँस नगरपालिकाका नगरप्रमुख तथा सावा ये?हाङ याकथुङ मुन्धुम विज्ञ अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा युमा साम्यो महासभा नेपाल केन्द्रीय समितिका उपाध्यक्ष द्वय प्रा. हर्क सुब्बा इजम, येबा मानबहादुर सिरेङ, केन्द्रीय सदस्य सन्तोष कुरुम्बाङको उपस्थिति रहेको थियो ।

फेदाप गाउँपालिका निवासी अग्रज तुतु तुम्याहाङ, याक्ला सुहाङ, नाली थाङ्बेन, सिसा मेन्छिन, थुङदोबा, थुङदाङबा, फेदाङमा, साम्बा, येबा–येमा, युमासाम, सिङ्साङ्गे फेरेङ्गे आदिको सहभागितामाझ याकथुङ लिम्बु जातिको परम्परागत प्राचीन मुन्धुमी मौलिक पहिचान, संस्कार, संस्कृति, परम्परा, चालचलनको संरक्षण, सम्बद्धन र विकासका लागि गर्नपर्ने कार्यहरू माथि अन्तरक्रिया गरिएको थियो ।

फेदापको पोक्लाबाङका उपस्थित भेलाले अन्तरक्रियासँगै रमेश कुरुम्बाङको अध्यक्षतामा नौ जना सल्लाहकार समेत गरी उन्नाइस सदस्यीय युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा फेदाप गठन गरेको छ ।

समितिको उपाध्यक्षमा  पर्शुराम हाङस्रोङ र खड्ग बहादुर निङ्लेकु, सचिवमा तेजबहादुर पङ्याङ्गु, कोषाध्यक्षमा तेजकुमारी लिम्बू रहेका छन् भने सदस्यहरूमा क्रमशः  दुर्गा प्रसाद लिम्बू, बबिन कुरुम्बाङ, श्रीप्रसाद कुरुम्बाङ,जगतबहादुर कुरुम्बाङ, लोकमान कुरुम्बाङ रहेका छन् ।

यसै गरी सल्लाहकारमा तारामान मादेन, धनीचन्द्र चोङबाङ, टिका पङयाङगु, सुजन कुरुम्बाङ, गङ्गाराज मादेम्बा, लक्ष्मीचन्द्र चोङबाङ, छविलाल रिमाल, मितादेवी थापा र हरि चोङबाङ रहेका छन् ।