विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण भएको छ । 

४५२ जनाको पीसीआर परीक्षण गर्दा ६६ र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, झापामा १५, सुनसरीमा १३, इलाम र तेहृथुममा २–२, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको हो । 

मोरङको विराटनगरमा ८, बुढीगंगामा ७, सुन्दरहरैचामा ४, उर्लाबारीमा २, जहदा, कानेपोखरी, बेलबारी, केराबारी, कटहरी र लेटाङमा १-१, झापाको बिर्तामोडमा ३, शिवसताक्षी, मेचीनगर, भद्रपुर र दमकमा २-२, कनकाई,  हाल्दिबारी, गौरीगञ्ज र कमल गाउँपालिकामा १-१, सुनसरीको इटहरीमा ७, इनरुवामा ३, भोक्राहानरसिंह, वराहक्षेत्र र स्थानीय तह नखुलेका १-१, इलामको माई र स्थानीय तह नखुलेका १-१, तेहृथुमको आठराई र स्थानीय तह नखुलेका १-१, सङ्खुवासभाको धर्मदेवीमा १ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १०५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५१ महिला र ५४ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४१६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।