धरान : धरान-४ भेडेटार जाने सडक खण्डको जंगलमा जेब्रा झोला भित्र छोरा मान्छेको टाउको र खुट्टा फेला परेको छ । 

आज दिउसो धरान-भेडेटार जाने सडक खण्डको आपगाछी देखि ४ घुम्ती मास्तिर जेठमाने गोलाईको जङ्गलमा गोठाला र दाउरा खोज्न जानेले दुर्गन्ध आएको र जेब्रा झोलामा मानिसको खुट्टा बाहिर देखेपछि प्रहरीले खबर गरेका थिए । घटना स्थलमा प्रहरी पुगेर हेर्दा जेब्रा झोला भित्र टाउको र खुट फेला पारेको सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए । 

घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय धरान र सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली पुगेर घटनास्थलमा अनुसन्धान गरिरहेको धरान १३ का विष्णु चौलागाईले जानकारी दिए । 

टाउको र खुट्टा झोलामा भेटिएको भए पनि शवको जिउ भने भेटिएको छैन । हत्या गरेर त्यहाँ फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । भेटिएको टाउको अनुसार हत्या गरेर फालिएका मानिस अन्दाजी ३०-४० वर्षको हुनसक्ने प्रहरी को अनुमान छ ।