धरान : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले सञ्चालन गरेको संगठन सशक्तिकरण र सुदृढिकरणको अभियान बराह नगरपालिकाको वडा नं. ३, ४ र ५ मा सम्पन्न भएको छ । 

अभियानले कांग्रेसको तल्लो तहका टोल कमिटि र वडा कमिटि तथा वडा अन्तर्गत रहेका भातृ तथा शुभेच्छुक संघसंस्थाहरुमा नविन जोश र जांगर आउनुका साथै पार्टी संगठन कसरी चलाउने र पार्टीले के कस्ता कार्यक्रम कसरी गर्ने भन्ने सम्बन्धमा प्रशिक्षित भई काम गर्न सहज र सरल भएको वक्ताहरुले बताएका छन् ।

अभियान सञ्चालन गरिनाले पार्टीका नेतृत्व र कार्यकर्ताहरु वीच सामीप्यता बढेको र तल्लो तहमा रहेर संगठन गर्दा आइपर्ने समस्याहरु पार्टी नेतृत्वलाई आप्mनो घर आंगनमै राख्न पाएको स्थानीय नेताहरुले बताएका छन् । समाजमा स्वच्छ छवि भएका, इमान्दार र लगनशील भई पार्टीम योगदान गरेका, कमाउने नियतले भन्दा पनि जनताको सेवा गर्छु भन्ने विचार बोकेका योग्य र क्षमतावानलाई मात्र पार्टीले टिकट दिनुपर्नेमा सबैले जाड दिएका छन् । 

अभियानको क्रममा नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का  सभापति मुरारी भट्टराई र बराह नगर सभापति रमेश कार्कीलाई कांग्रेसको बराह ४ नं. वडा समितिले सम्मान गरेको छ ।  उनीहरुलाई वडा सभापति नुतन धामीले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

अभियानमा १ नं. प्रदेशका महामन्त्री उमेश थापा, जिल्ला सभापति केदार भण्डारी, जिल्ला उपसभापति पंकज महतो, जिल्ला सचिवद्धय विरेन्द्र साह र माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का सभापति मुरारी भट्टराई, बराह नगर सभापति रमेश कार्की, महाधिवेशन प्रतिनिधिहरु जगत कार्की, ममता तामाङ, दिपेशजंग बस्नेत, पुजा धामी, जिल्ला सदस्य माया राई, बराह नगर उपसभापति जीतबहादुर कार्की,  बराह नगर सचिव प्रतिक राई, धरान नगर सचिव जितेन्द्र राई, प्रदेशसभा निर्वाचन क्षेत्र १(२) का सदस्य अजय राई, वडा सभापतिहरु नुतन धामी, दिलबहदुर पौडेल, पनुलाल धामी लगायतले विचार राखेका थिए । अभियानको सञ्चालन तथा सहजिकरण क्षेत्रीय सचिवद्धय महेन्द्र प्रधान र केशव पुरी तथा सहसचिव सुमित राईले गरेका थिए ।