धरान : धरान-४ धरान भेडेटार सडक खण्डको जङ्गलमा फेरि आज मानिसको एउटा हात जेब्रा झोला भित्रबाट बाहिर देखिने गरी अर्को झोला फेला परेको छ । 

हिजो दिउसो धरान भेडेटार जाने सडक खण्डको आपगाछी देखि ४ घुम्ती मास्तिर जेठमाने गोलाईको जङ्गलमा गोठाला र दाउरा खोज्न जानेले दुर्गन्ध आएको र जेब्रा झोलामा मानिसको खुट्टा बाहिर देखेपछि प्रहरीले खबर गरेका थिए । घटना स्थलमा प्रहरी पुगेर हेर्दा जेब्रा झोला भित्र टाउको र खुट फेला पारेको सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए । 

आज त्यही घटना स्थलबाट करिब १ किलो मिटर माथि धरान भेडेटार सडक खण्डबाट करिब ३० मिटर भित्र खर्दु सामुदायिक वनको धर्रधरे जंगलमाअर्को झोलामा मानिसको हात नै बाहिर देखिने गरी अर्को जेब्रा झोला फेला परेको छ ।

हिजो टाउको र दाहिने खुट्टा फेला परेको शवको पुरै शरीर फेला परेको थिएन । त्यही हिजो फेला परेको टाउको र खुट्टाको बडी हुन सक्ने सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान सुरु गरेको एसपी दाहालले बताए । 

हिजो भेटिएको टाउको र खुट्टाको पुरै बडी फेला परेको थिएन । तर टाउको फेला परेको आधारमा आर्य समुदायको पुरुष जस्तो देखिने प्रहरीले बताएको छ । यो हत्या प्रोफेसनल मडर हुन सक्ने प्रहरी अनुसन्धान बताउँछ । मानिसको हत्या गरेर शरीरलाई टुक्रा टुक्रा पारेर अलग अलग स्थानमा छर्नुले यो प्रोफेसनल मडर हुन सक्ने बताइएको छ । अहिले सम्म हिजो भेटिएको टाउको र खुट्टाको अहिले सम्म सनाखत हुन सकेको छैन । प्रहरीले कोही मानिस घरबाट सम्पर्क बाहिर रहेको बारेमा सोधी खोजी सुरु गरेको जनाएको छ ।  

Sab-1 2

Sab-2