धरान : झापाको शिवसताक्षी नगरपालिका–४ मा रहेको माछा पोखरीमा डुबी एक जना पुरुषको मृत्यु भएको छ । 

स्थानीय ४९ वर्षीय सन्चरिया ताजपुरिया बुधवार साँझ आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखी तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।