धरान : सुनसरीको बर्जू  गाउँपालिका-१ मा गए राती भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । 

गए राति साँढे ९ बजेको समयमा बर्जू  गाउँपालिका–१ बुक्डरीको भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २८ प ३८०७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक स्थानीय २२ वर्षीय धनिलाल उरावको उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।