विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना सङ्क्रमण भएको छ । 

३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ९, झापामा ४, धनकुटामा २, भोजपुर, तेहृथुम र पाँचथरमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ४, सुन्दरहरैचामा ३, पथरीशनिश्चरे, उर्लाबारी, सुनबर्षी, कानेपोखरी र स्थानीय तह नखुलेका १-१, सुनसरीको धरानमा ४, इटहरी, दुहबी, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १-१, झापाको भद्रपुरमा २, शिवसताक्षी र बाहृदशीमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा २, भोजपुरको भोजपुर नगरपालिका, तेहृथुमको आठराई र पाँचथरको फिदिममा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६१ महिला र ८७ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।