इटहरी : पछिल्लो समय इटहरी उपमहानगरपालिकामा बिजुलीको पोलमा टाँगिएका अव्यवस्थित तारहरूको कारण बिजुलीकै पोलमा आगलागी हुन थालेको छ ।

बिजुलीको पोलमा जथाभाबी अव्यवस्थित तरिकाले विभिन्न तारहरू टाँगिनुले इटहरी उपमहानगरका बिजुलीका पोलहरुमा विद्युत सर्ट भई आगलागी हुने क्रम बढेको छ ।

यही क्रममा आज इटहरीको आइतबारे चोकमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ । बिजुली सट भई पोलमा आगलागी भएको हो । बुधवार पनि बिजुली सर्ट भएर आगलागी भएको थियो । उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रण लिएको छ ।

विकासोन्मुख नमुना नगरपालिका भनिएको इटहरी उपमहानगरपालिकामा विद्युत प्राधिकरणको बिजुलीको पोलमा लापर्वही तरिकाले अरू तार टाँगिनुले इटहरीको बिजुलीको पोलहरू आगलागीको उच्च जोखिममा रहेका छन् ।

बिजुलीका पोलहरूमा टाँगिएका तारहरू व्यवस्थित बनाउन सकिएन भने यसले ठुलो घटना घटाउने देखिन्छ ।