धरान : युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा आठराईको आयोजनामा सावा ये?हाङ याक्थुङ जातिको मौलिक धर्म, संस्कार, संस्कृति प्रेमी याकथुङहरूको आठराई गाउँपालिका स्तरीय एक भेला सम्पन्न भएको छ । 

लालीगुराँस नगरपालिकाका नगरप्रमुख तथा सावा ये?हाङ याक्थुङ मुन्धुम विज्ञ अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यता र स्थानीय आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर कन्दङ्वाको विशेष आतिथ्यता रहेको थियो ।  

युमा साम्यो महासभा नेपाल केन्द्रीय समितिका उपाध्यक्ष द्वय प्रा. हर्क सुब्बा इजम, येबा मानबहादुर सिरेङ, केन्द्रीय सदस्य सन्तोष कुरुम्बाङको उपस्थिति रहेको सो कार्यक्रमका सभापतित्व स्थानीय तुम्याहाङ वीरेन्द्र कन्दङवाबाट भएको थियो । 

आठराई गाउँपालिका निवासी अग्रज तुतु तुम्याहाङ, याक्ला सुहाङ, नाली थाङ्बेन, सिसा मेन्छिन, थुङदोबा, थुङदाङबा, फेदाङमा, साम्बा, येबा–येमा, युमासाम, सिङ साङ्गे फेरेङ्गे आदिको सहभागितामाझ याक्थुङ लिम्बु जातिको परम्परागत प्राचीन मुन्धुमी मौलिक पहिचान, संस्कार, संस्कृति, परम्परा, चालचलनको संरक्षण, सम्र्वद्धन र विकासका लागि गर्नुपर्ने कार्यहरू माथि अन्तरक्रिया भएको थियो । 

आठराई गाउँपालिकाको सक्रान्तिबजारमा उपस्थित सो भेलाले अन्तरक्रियाका साथै राजु इङ्नामको अध्यक्षतामा तीन जना सल्लाहकार समेत गरी सोह्र सदस्यीय युमा साम्यो महासभा नेपाल, गाउँपालिका शाखा आठराई गठन गरेको छ । 

अध्यक्षमा राजु ईङ्नाम, उपाध्यक्षमा केशव पाहिम, उपाध्यक्षमा जयकुमार कन्दङवा, सचिवमा छवि कन्दङवा, कोषाध्यक्षमा सपना इङ्नाम, सदस्यमा अमृता लिम्बू, सदस्यहरूमा रामकुमार कन्दङवा, खेम कन्दङवा, इन्द्र इङ्नाम, सूर्य चोङबाङ, भीमबहादुर लिम्बू, रमेश फोम्बो र सेरबहादुर इङ्नाम रहेका छन् ।

यसै गरी सल्लाहकारहरूमा गडुलध्वोज कन्दङ्वा, भूवनसिं चोङबाङ र सुरेन्द्र पाहिम रहेका छन् ।