धरान : उदयपुरको बेलका नगरपालिका-८ सिरुवानीवाट ठुलो परिणामको गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

लागुऔषध गाँजाको ओसार पसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान सवा २ बजे ४ सय के.जी. गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बेलका नगरपालिका-८ का २७ वर्षीय गोकुल राई, बेलका नगरपालिका-७ का २९ वर्षीय मनोज राई र वराहक्षेत्र नगरपालिका-१ सुनसरीका २३ वर्षीय मनिष धामी रहेका छन् ।

उनीहरूलाई को.१ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिक अप सहित पक्राउ गरिएको हो । उनीहरूको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाँ समेत बरामद गरेको छ । गाँजा सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।