धरान : धरानमा ३५ लाख लगानी गरेर दुई दाजुभाइ मिलेर मदिरा व्यवसाय सुरुवात गरेका छन् । 

मदिरा प्रेमी ग्राहकलाई लक्षित गरेर धरान १० स्थित पुतली लाइन (भाटभटेनी अगाडि) शुक्रवारदेखि हाङ्ग लिक्विर होम सञ्चालनमा आएको हो । उक्त लिक्विर होम दाजु ताराहाङ्ग र भाइ नरहाङ्ग मिलेर खोलेका हुन् । सञ्चालक द्वयका आमा अनादेवी राई र चुराकुमारी राईले रिबन काटेर लिक्विर होमको उद्घाटन गरेका थिए ।

सञ्चालक ताराहाङ्गका अनुसार करिब ३५ लाख लगानी भएको छ । तत्काल खुद्रा व्यवसाय भए पनि आगामी आर्थिक वर्षबाट होलसेल पनि सुरु गर्ने उनले बताए । केही समय पछि किचनको पनि व्यवस्था गरेर बार पनि सञ्चलन गर्ने उनले बताए ।

धरानमा मदिराको पनि पारखीहरू भएकोले कम मूल्यमा उपलब्ध गराइनेछ भने निःशुल्क होम डेलिभरीका पनि व्यवस्था गरिएको उनले बताए । मदिराको विदेशी र स्वदेशी उत्पादनहरू राखिएको उनले बताए । नेपाली ब्रान्डहरूलाई प्राथमिकता दिएको भन्दै उनले ओपनिङ्गको अवसरमा विशेष छुटको पनि व्यवस्था रहेको बताए ।

liquer-home