विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना सङ्क्रमण भएको छ । 

३७४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४१५ जनाको एन्टीजेन परीक्षण गर्दा ३४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, झापामा ६, सुनसरीमा ५, उदयपुरमा ४, खोटाङ र पाँचथरमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगर र बुढीगंगामा ५-५, सुन्दरहरैचा, केराबारी र रतुवामाईमा १-१, झापाको कनकाईमा ३, दमक, भद्रपुर र मेचीनगरमा १-१, सुनसरीको इटहरीमा ३, रामधुनी र वराहक्षेत्रमा १-१, उदयपुरको बेलका, त्रियुगा, चौदण्डीगढी र कटारीमा १-१, खोटाङको दिप्रुङ र पाँचथरको फिदिममा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १२५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६४ महिला र ६१ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २११ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।