धरान : सुनसरीको धरान उपमहानगरपालिका-५ बाट लागु औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान–५ का २८ वर्षीय सुवास राई रहेका छन् । हिजो राती ११ बजे  लागुऔषध बेचबिखन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटी गएको प्रहरी टोलीले राईको कोठामा खानतलासी गर्दा स्पासपेन–७४२ ट्याब्लेट, ट्रमाडोल–७१४ क्याप्सुल र टापेन–४० ट्याब्लेट गरी जम्मा १४९६ ट्याब्लेट तथा क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ ।

निषेधित औषधी सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।