धरान ; तेस्रो कोरोना भरियन्टको कारण रोकिएको दोस्रो अशोक स्मृति बास्केटबल रनिङ्ग कप आइतबार देखि सुरु हुने भएको छ ।

डायनामिक यूथ क्लब, बीपी प्रतिष्ठानको आयोजनामा माघ १ गते देखि सुरु हुन लागेको प्रतियोगिता तयारीको अन्तिम चरणमा पुगेपछि केही समयको लागि जनाउँदै आयोजकले प्रतियोगिता स्थगित गरेको थियो । प्रतियोगिता बास्केटबलका पूर्व राष्ट्रिय खेलाडी रवि बास्फोरका दिवङ्गत बुबा अशोक बास्फोरको स्मृतिमा केही वर्ष देखि सुरु गरिएको हो ।

प्रतियोगितामा धरान , तरहरा, झापा र बेलबारीका दश टिमले सहभागिता जनाउने भएका छन् । सहभागी टिमहरू आयोजक डायनामिक यूथ क्लब, व्रदस, युवा जागृति, होराइजन, यलम्वर, हाम्रो कलेक्सन, मिराकल, बेलबारी , तरहरा र झापा रहेका छन् ।

प्रतियोगिताका विजेता टिमले नगद पचपन्न हजार ५ सय ५५ रुपैयाँ, दोस्रोले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै गरी उत्कृष्ट खेलाडीले नगद ४ हजार,  बास्केटबल जुत्ता, डिमाण्डु म्यान अफ द म्याचले नगद ३ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

आइतबार देखि सुरु हुने प्रतियोगिता फाल्गुण १४ गते सम्म सम्पन्न हुने प्रतियोगिताको फाइनल खेलको दिन २.० थ्री पोइन्ट कम्पिटिसन समेत सम्पन्न हुनेछ । थ्री पोइन्ट कम्पिटिसनका विजेताले नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

बास्केटबल सङ्घको प्राविधिक सहयोगमा सम्पन्न हुने प्रतियोगिता । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।