इटहरी : रोटरी क्लब अफ इटहरी स्थापना भएको २५ औ वर्ष तथा प्रजातन्त्र दिवसको अवसरमा इटहरीमा नेपाल पत्रकार महासङ्घ सुनसरी र रोटरी क्लब अफ इटहरी बिच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ।

इटहरी-१० स्थित एसडी फुटसलमा आयोजना गरिएको प्रतियोगितामा पत्रकार महासङ्घ सुनसरी विजयी भएको छ । पत्रकार महासङ्घले आयोजक रोटरी क्लबलाई ७ का विरुद्ध ४ गोल गरेको थियो । महासङ्घका तर्फबाट विवेक भटराई, राजकुमार श्रेष्ठ, ध्रुव ढकाल लगायतले गोल गरेका थिए । त्यस्तै रोटरी क्लब अफ इटहरीबाट पुप्प नारायण चौधरी, ज्ञानेन्द्र पराजुली, भूपेन्द्र निरौला र रोनाल निरौलाले गोल गर्न सफल भएका थिए ।

कार्यक्रम रोटरी क्लब अफ इटहरीकी अध्यक्ष सविना शोभा कोइरालाको अध्यक्षतामा आयोजना गरिएको थियो । कार्यक्रममा रोटरी क्लब अफ इटहरीका पूर्व अध्यक्षहरू अनन्त विष्ट, लक्ष्मी धिताल, लक्ष्मण हुमागाईँ र (एजी) अनिता अधिकारी समेतको उपस्थिति रहेको थियो । प्रतियोगिताको निर्णायक मुराली अधिकारीले गरेका थिए । रोटरी क्लब अफ इटहरीको २५ औ स्थापना दिवसको अवसरमा अर्को हप्ताबाट सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने तयारी समेत गरेको छ।