विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना सङ्क्रमण भएको छ । 

१७० जनाको पीसीआर परीक्षण गर्दा ८ र ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ३-३ र झापामा २ जनामा सङ्क्रमण भएको हो । मोरङको विराटनगरमा २ र कटहरीमा १, सुनसरीको कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २, झापाको बुद्धशान्ति र भद्रपुरमा १-१ जनामा सङ्क्रमण भएको हो ।

प्रदेश १ मा आज १०४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ४९ महिला र ५५ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ११५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।