धरान : होलिल्याण्ड इन्टरनेशनल स्कुलको आयोजनामा आयोजित अन्तर विद्यालय थ्री बाई थ्री होलिल्याण्ड बास्केटबल प्रतियोगितामा महिला तर्फ आयोजक होलिल्याण्ड ए, लोटस स्कुल, पुरुष तर्फ डिपोट वि र चिल्ड्रेन एकेडेमी फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको सेमिफाइनल खेलमा महिला तर्फ होलिल्याण्ड ए टिमले डिपोलाई ७-३ र लोटसले होलिल्याण्ड वि टिमलाई २-० अङ्कको अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन । यसै गरी पुरुष तर्फ डिपो वि टिमले डिपो ए टिमलाई ११-४ र चिल्ड्रेनले होलिल्याड ए लाई १३-८ अङ्कको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

शनिवार र आइतबार सम्पन्न हुने दुई दिने प्रतियोगितामा धरान र तरहराका गरी पुरुष तर्फ १९ टिम र महिला तर्फ १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेताले नगद पाँच हजार, एक हजार रुपैयाँ बराबरको कफी पब फुड कुपन, उपविजेताले नगद २ हजार ५ सय, ५ सय रुपैयाँ बराबरको कफी पब फुड कुपन, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद एक हजार, ५ सय रुपैयाँ बराबरको कफी पब फुड कुपन, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक नवीन राईले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला बास्केटबल सङ्घ सुनसरीका अध्यक्ष नारायण सुवेदी, होलिल्याड स्कुलका व्यवस्थापक अध्यक्ष खगेन्द्र लिम्बु, प्रदेश १ बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले संयुक्त रूपमा रेफ्रिलाई बल हस्तान्तरण गरी प्रतियोगिता सुरु गरिएको थियो ।

होलिल्याण्ड स्कुलको बास्केटबल कोर्टमा सम्पन्न प्रतियोगितामा प्राविधिक सहयोग धरान बास्केटबल सङ्घको रहेको छ ।