धरान : अटोमोबाइल, ग्यास तथा पेट्रोलियम, हाइड्रोपावर लगायत विविध क्षेत्रमा लगानी गर्दै आइरहेको एसजी ग्रुपले ट्यारो ब्राण्डको मोटरसाइकल र स्कुटर नेपाली बजारमा भित्र्याएको छ । ग्रुप अन्तर्गतको ओम मोटोक्रप प्रा.लि.ले नारायणचौर नक्सालमा कर्पोरेट शोरुम स्थापना गरी तारो ब्राण्डलाई नेपाल भित्र्याएको हो ।
इटालियन टेक्नोलोजीमा चीनमा बनेको ट्यारो प्रिमियम ब्राण्ड हो । ट्यारो युरोपेली बजारमा पनि स्थापित दुई पाङ्ग्रे ब्रान्ड हो । इमोला १५० र एलेक्स टि नाइन १५० गरी २ वटा मोटलमा स्कुटर उपलब्ध छन् । इमोला स्कुटरमा ठुलो टायर जडान गरिएको छ । जुन स्कुटर कच्ची सडकमा पनि सजिलै गुडाउन सकिन्छ । एलेक्स टि नाइन हाइवे र लङ ड्राइभ गर्दा कम्फर्ट हुने कम्पनीले जनाएको छ ।
जिपी टु २००, जिपी वान २५० आर र जिपी वान ३८० गरी ३ वटा मोडलमा ट्यारोका बाइक नेपाली बजारमा उपलब्ध भएका छन् । २५० र ३८० सिसी क्षमताको मोटरसाइकलमा इएफआई र एबिएस सिस्टम छ । रिलायविलिटी, युनिफर्मिटी र कम्फर्टका लागि ट्यारोको मोटरसाइकल नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ । यो मोटरसाइकल १६० किलोमिटर प्रति घन्टाको स्पिडमा गुड्न सक्छ ।
ड्यासबोर्ड टिएफटी, डबल डिसब्रेक विथ एबिएस, ६ स्पिडको गेयर लगायतका विशेषता ट्यारो मोटरसाइकलमा रहेका छन् । ३८० मा लिक्विड कुल ट्वीन सिलिण्डर जडान गरिएको छ । २५० र २०० मा लिक्विड कुल सिङ्गल सिलिण्डर छ । ‘इटालीमा डिजाइन तथा प्रविधिमा तयार प्रिमियम मोटरसाइकल स्कुटरमा सवार भई फरक खालको स्टाइलिस अनुभव गर्न सकिनेछ,’ कम्पनीले भनेको छ।
taro-scooty-2