धरान : ३३ लाख रुपैयाँ ठगी गरेर फरार भएका दुई जना मध्ये एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । 

इटहरी–१२ बस्ने भरत चौधरी र इटहरी-२० बस्ने मन्दु भन्ने जस बहादुर लिम्बुले तारा कार्की पुरीबाट ३३ लाख ठगी गरी फरार रहेका थिए ।

इटहरी–१२ खनार बस्ने तारा कार्की पुरीलाई प्रहरी र न्यायधिससंग राम्रो सम्बन्ध छ भन्दै कर्तव्य ज्यान मुद्दामा तेह्रथुम कारागारमा थुनामा रहेका श्रीमान् सुरेन्द्र पुरी र देवर वालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिने भन्दै उनीहरूले ठगी गरेका थिए । 

दुई जना मध्ये मन्दु भन्ने जसबहादुर लिम्बुलाई फाल्गुण ३ गते सुनसरी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका लिम्बुलाई सोही दिन म्याद थप गरी ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट  म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।