धरान : खोटाङको ऐसेलु खर्क गाउँपालिका–७ स्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट लडी १ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चितवन भरतपुर महानगर पालिका–६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ वर्षीय दीपक ढुङ्गाना रहेका छन् ।

हिजो बेलुकी साढे ४ बजे प्रदेश ३-०२-००७ प ५३३३ नं.को मोटर साइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार रहेका ढुङ्गाना घाइते भई उपचारको लागि काठमाडौँ तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक खोटाङ ऐसेलुखर्क-३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।