विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना सङ्क्रमण भएको छ । ३६६ जनाको पीसीआर परीक्षण गर्दा २५ र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरीमा ४, पाँचथर र झापामा २-२, धनकुटा र उदयपुरमा १-१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३, बुढीगंगा, सुनबर्षी, लेटाङ, केराबारी, कानेपोखरी, र बेलबारीमा १-१, सुनसरीको कोसी गाउँपालिकामा २, इटहरी र देवानगञ्जमा १-१, पाँचथरको फालेलुङ र फिदिममा १-१, झापाको दमक र मेचीनगरमा १-१, धनकुटाको पख्रिबास र उदयपुरको त्रियुगामा १-१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज १०१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५० महिला र ५१ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।