धरान : सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–५ स्थित पूर्व पश्चिम राजमार्गमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ कि ३८ बर्षीया निर्मला उराव रहेकी छिन । हिजो बेलुकी सवा ४ बजे  प्रदेश २–०१–००१ झ ००२८ नम्बरको एम्बुलेन्सले प्रदेश १–०२–०४१ प २१५५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने एम्बुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।