विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना सङ्क्रमण भएको छ । 

३७० जनाको पीसीआर परीक्षण गर्दा ४० र ३४७ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पीसीआर परीक्षणका आधारमा मोरङमा १४, सुनसरीमा ९, झापामा ७, सङ्खुवासभा, तेहृथुम, इलाममा २–२, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ६, रतुवामाईमा ३, बुढीगंगा, सुन्दरहरैचा, जहदा, बेलबारी र लेटाङमा १–१, सुनसरीको धरानमा ४, इटहरी, बर्जू, देवानगञ्ज, रामधुनी र स्थानीय तह नखुलेका १–१, झापाको मेचीनगरमा ३, भद्रपुर, हाल्दिबारी, दमक र बिर्तामोडमा १–१, सङ्खुवासभाको पाँचखपन र धर्मदेवीमा १–१, तेहृथुमको फेदाप र छथरमा १–१, इलामको इलाम नगरपालिका र माईमा १–१, धनकुटाको चौबिसे र उदयपुरको चौदण्डीगढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३४ महिला र ३१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।