इनरुवा  : नेपाल पत्रकार महासङ्घ केन्द्रिय समितिको चौथो पूर्ण बैठकले पत्रकारिताको विकास र पत्रकारहरूको हित अभिवृद्धिका लागि २२ वटा विभाग गठन गरेको छ ।

यसरी गठन गरेको विभाग मध्ये इनरुवाका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य इकवाल अहमदको नेतृत्वमा अल्पसङ्ख्यक क्षेत्र पत्रकार हित विभाग गठन गरेको छ ।

अल्पसङ्ख्यक पत्रकारहरूको मुद्दालाई संवोधन सहित उनीहरूको हित अभिबुद्धिको लागि आवश्यक योजना कार्यान्वयनको लागि सो समितिले काम गर्नेछ ।

पत्रकार अहमदले आफूलाई महासङ्घले विश्वास गरेर अल्पसङ्ख्यक पत्रकारहरूको हित विभागको प्रमुख बनाएको भन्दै आफूले अल्पसङ्ख्यक पत्रकारहरूको मुद्दालाई मूलधारको मुद्दाको रूपमा स्थापित गर्दै उनीहरूका हित अभिवृद्धिमा सकेसम्मको काम गर्ने बताए ।