धरान : धरान-१७ का रेल्वे यूथ क्लबले आगलागीबाट पीडित भएका परिवारलाई आर्थिक सहयोग गरेको छ । 

धरान ११ स्थित एक घरमा गत बिहीबार राती बिजुली सर्ट भई भई आगलागी भएको थियो । क्लबका अध्यक्ष जीवन राईले  आगलागीबाट बिचल्ली भएका परिवारलाई ११ हजार ५ सय ५ रुपैयाँ सहयोग गरिएको बताए ।

उनका अनुसार क्लबका सदस्यहरूबाट आर्थिक सङ्कलन गरेर उक्त रकम हस्तान्तरण गरिएको जानकारी दिए । बिहीबार राति शान्ति तामाङको काठको घरमा आगलागी हुँदा पुर्णरुपमा जलेर नष्ट भएको थियो ।