धरान : इलाम नगरपालिका-१० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका–७ का ३५ वर्षीय प्रदीप कुसुवाह रहेका छन् । गए राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना.४ ख ६२४८ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिन गई दुर्घटना हुँदा कुसुवाह झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्टिई घटना स्थलमानै मृत्यु भएको हो भने गम्भीर घाइते भएका ४० वर्षीय धुरुप कुसुवाहको बि एण्ड सी अस्पताल बिर्तामोडमा र अन्य सामान्य घाइते ३ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भइरहेको छ ।