धरान : इटहरीका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक बिक्रेता एब्सुल्युट अटोले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरीयो सार्वजनिक गरेको छ । इटहरी स्थित सोरुममा एब्सुल्युट अटोकी सञ्चालिका दीक्षा कार्कीले एक कार्यक्रमका बिच उक्त कार सार्वजनिक गरेकी हुन । 
सर्वाधिक माइलेज दिने गाडीको दाबी गरिएको दिने सो गाडीबाट ग्राहकलाई बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने कम्पनीको विश्वास रहेको छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रिडी अर्ग्यानिक स्कल्प्टेड डिजाइन, फर्स्ट-इन-सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ । 
एब्सुल्युट अटोका म्यानेजर कुशल लामिछानेले सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी भएको बताए । न्यु जेनेरेसन सेलेरियोमा  अझै धेरै माइलेज दिने, अन्य कारको तुलनामा बढी  सुरक्षा र सुविधाजनक फिचर रहेको  साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित गर्ने उनले बताए । 
सेलेरीयोले प्रति लिटर २६ किलोमिटर भन्दा बढी माइलेज दिने कम्पनीको दाबी छ । यो कारको मूल्य २७ लाख ९९हजार देखी ३१ लाख ९९हजार सम्म रहेको कम्पनीले जानकारी दिएको छ ।