धरान : आफ्नै श्रीमानको प्रमीसंग मिलेर हत्या गरी धरान-४ स्थित धरान भेडेटार सडक खण्डको जङ्गलमा जेब्रा झोलामा शव फ्याल्ने दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानमा मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले आफ्नै श्रीमानको प्रेमीसँग मिलेर हत्या गर्ने मृतक दिनेश सिग्देलकी कान्छी श्रीमती ३० वर्षीय अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारीलाई सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार योजनावद्धरुपमा अनिता र प्रेमी सरोजले दिनेशको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूले दिनेशलाई योजनाबद्धरुपमा हत्या गरेका थिए । गत बुधवार टाउको र दाहिने खुट्टा जेब्रा झोलामा भेटिएको थियो ।

त्यसको भोलि पल्ट अर्को जेब्रा झोलामा बाँकी शरीर भेटिएपछि प्रहरीले शवको सनाखतका लागि मृतकको स्केच तस्बिर र हुलिया सार्वजनिक गरेको थियो । शव भेटिएको ६ दिनमा प्रहरीले मृतकका जेठी श्रीमती सम्म पुग्यो । सोही क्रममा योजनाबद्ध हत्या गर्ने मृतकका कान्छी श्रीमती र उनको प्रेमी सम्म प्रहरी पुग्न सफल भयो ।

प्रहरीले हत्यामा संलग्न कान्छी श्रीमतीलाई सोमबार नै नियन्त्रणमा लिएको थियो । उनकै बयानको क्रममा प्रहरी उनको प्रेमी सरोज भण्डारी सम्म प्रहरी पुग्न सफल भएको एसपी सञ्जयसिंह थापाले बताए । उनीहरू दुबैलाई मंगलबार बिहान साढे ५ बजे मृतक दिनेशका कान्छी श्रीमती अनिता केसी र उनका प्रेमी सरोज भण्डारीलाई पक्राउ गरी धरान ल्याइएको हो ।

दुवै जनाले दिनेशको हत्या गरेको स्वीकारेको र उनीहरूलाई मंगलबारनै जिल्ला अदालत इनरुवाबाट ७ दिनको म्याद थप गरी प्रहरीले आफ्नो अनुसन्धानलाई अगाडी बढाएको छ । 

 पुस २२ गते नै दिनेशको हत्या

इलामको बाँझो-१ स्थायी वतन भएका दिनेश हाल विराटनगर महानगरपालिका वडा नं. ३ स्थित पिपलचोकमा कान्छी श्रीमती सहित डेरा गरी बसेको र हालै बहराइनबाट बिदामा आएका वर्ष ४३ को दिनेशको करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए । अनिताको माइती घर सुनसरीको वराहक्षेत्र-१० प्रकाशपुर हो ।

दिनेश र उनको ७ बर्षीया एक छोरी पनि छ । उनका प्रेमी सरोज भण्डारीको घर विराटनगर महानगरपालिका-४ इक्राही हो । उनी सिटी सफारी चालक रहेको र उनी विवाहित पनि हुन् । तर, उनको पनि श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र सम्बन्ध विच्छेदको क्रममा रहेको प्रहरीले जनाएको छ । 

अनिताको सम्बन्ध सरोजसँग बढेको भन्ने थाह पाएपछि बहराइनमा रहेका दिनेशले थाहै नदिई नेपाल आएका थिए । उनी कम्पनीमा १५ दिनको बिदा लिएर जनवरी ४ अर्थात् गत पुस २० गते नेपाल आएको र भोलिपल्ट विराटनगर आएका थिए । भोलिपल्ट विराटनगरमा कान्छी श्रीमती अनितासँगै होटेलमा बसेका थिए भने २२ गते बेलुकी उनीहरूको डेरा रहेको विराटनगर ३, पिपल चोक आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  

प्रहरी अनुसन्धानको क्रममा दुवैले प्रारम्भिक बयान दिँदा पुस २२ गते राती दिनेश र अनिताबिच विवाद भएको थियो । केही समय पछि सरोज भण्डारी पनि आएर दिनेशकै गलबन्दीले घाँटीमा कसेर हत्या गरेको एसपी थापाले जानकारी दिए । निदेश अल्कोहोलिक रहेको र त्यस बेला पनि रक्सीको नशामा भएको खुलेको प्रहरीको भनाई छ । हत्या गरेपछि त्यस राती शवलाई नचलाई राखेर उनीहरू भने अन्यत्र नै बसेको पाइएको प्रहरीले बताएको छ । 

भोलीपल्टी पुस २३ गते ग्रेण्डर मेशिन, जेब्रा झोला, पोलेथिन लगायत समान किनेर ल्याएको र ग्रेण्डर र कुखुरीले दिनेको शव काटेर अलग अलग झोलामा हालेको वयानमा बताएको प्रहरीले जनाएको छ । त्यसपछि साँझमा ट्याम्पो भाडामा लिएर धरान भेडेटार सडक खण्डमा फालेको र उनीहरू त्यस रात भेडेटार बसेर भोलिपल्ट मात्र विराटनगर फर्किएको पनि एसपी थापाले बताए । एसपी थापाका अनुसार अनिता र सरोजको प्रेम सम्बन्धमा काँडा बनेर अचानक दिनेश बहराइनबाट आएपछि योजनावद्धरुपमा हत्या गरेका हुन् ।

 दिनेश सिग्देलको हत्या अनुसन्धान सम्बन्धी प्रहरी घटना विवरण:

Ghatana-Bibaran-1Ghatana-Bibaran-2Ghatana-Bibaran-3Hateya-dinesh-1Hateya-dinesh-6Hateya-dinesh-4Hateya-dinesh-3Hateya-dinesh-2Hateya-dinesh-7