धरान : उदयपुरको त्रियुगा नगरपालिका-६ स्थित पोखरीमा  एक जना महिलाको डुबी मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही स्थान कि ५६ बर्षीया नाक्सीमाया परियार रहेकी छिन । हिजो दिउसो पौने १२ बजे  जलजलेमा रहेको रानीपोखरीमा नुहाउने क्रममा डुबी परियारको मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।