धरान : मोरङको विराटनगर महानगरपालिका-१२ स्थितबाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा विराटनगर-१२ का कुनाल सिंह रहेका छन् । हिजो बेलुकी पौने ५ बजे विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई  ब्राउन सुगर ३२ ग्राम, डिजिटल तराजु १ थान , को. ३३ प ३३१४ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।