विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना सङ्क्रमण भएको छ । 

३६६ जनाको पीसीआर परीक्षण गर्दा ४३ र ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९, सुनसरीमा ९, झापामा ८, इलाममा २, भोजपुर र उदयपुर १–१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७, पथरीशनिश्चरे र बुढीगंगामा २-२, मिक्लाजुङ, सुन्दरहरैचा, बेलबारी, रतुवामाई, लेटाङ, केराबारी, सुनबर्षी र रंगेलीमा १-१, सुनसरीको इटहरीमा ३, बर्जू, हरिनगर, धरान र रामधुनीमा १-१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ३, बिर्तामोड, मेचीनगर, हाल्दिबारी, गौरीगञ्ज र दमकमा १-१, इलामको इलाम नगरपालिका र रोङमा १-१, भोजपुरको हतुवागढी र उदयपुरको त्रियुगामा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा आज ६४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३६ महिला र २८ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ९६९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।