धरान : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ बर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ । 

उनीसँगै सवार रहेकी अर्की बालिका ९ बर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाइते भएकी छन् । 

आज बिहान साढे १० बजे उनीहरू मामाको घोडामा चढेर जाँदै गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका ३ लासे दोभानमा हिउँमा चिम्लिएर घोडा लड्दा उनीहरू समेत लडी घाइते भएका थिए ।

घाइते मध्ये सोनामको उपचारको लागी लैजाँदै गर्दा दिउसो १२ बजे बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भईरहेको छ ।