विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना सङ्क्रमण भएको छ । 

३०७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ३, सुनसरीमा २, खोटाङ र सङ्खुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोड, शिवसताक्षी, भद्रपुर, गौरीगञ्ज, दमक, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १-१, मोरङको विराटनगर, ग्रामथान र रंगेलीमा १-१, सुनसरीको इटहरी र धरानमा १-१, खोटाङ र सङ्खुवासभाको पाँचखपनमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको  छ ।

प्रदेश १ मा आज ५४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २८ महिला र २६ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ९३३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।