धरान : धरान-१६ स्थित गणतन्त्र बस्तीमा बिहीबार राति आगलागी भएको छ । 

इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार राति ८ः१० बजे विद्युत सर्ट भई आगलागी हुँदा शुक्र तामाङको टिनको बेरा र छाना भएको एकताले घर जलेर पुर्णरुपमा क्षति हुँदा २५ लाख बरावरको क्षति भएको छ । 

आगो करिब ३० मिनेटमा धरान उपमहानगरपालिकाको दुई वटा दमकल, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।