धरान : दोस्रो अशोक स्मृति रनिङ्ग बास्केटबल प्रतियोगिताको लिग चरणको समाप्त भयेको छ। लिग चरणको खेलको अन्तिम दिन तरहरा, बिर्तामोड, हाम्रो कलेक्सन र यलम्बर क्लबले जित हासिल गरेका छन्।

बिहीबार भएको पहिलो खेलमा तरहराले बेलबारी क्लबलाई ५८-२९  स्कोर ले पराजित गर्‍यो। तरहराले प्रत्येक क्वाटर १६-११-१९-१२ अङ्क जोड्दा बेलबारी क्लबले ४-१२-१०-३ अङ्क मात्र जोड्न सफल भयो। खेलमा सर्वाधिक स्कोर तरहरा क्लबका अस्मिल राईले व्यक्तिगत १८ स्कोर गरे।

द मिराकल क्लब र बिर्तामोड क्लबको दोस्रो खेलमा ४०-४६ स्कोरका साथ बिर्तामोड क्लब विजयी बन्यो। बिर्तामोडले ८-११-१०-१७ गरी ४६ अङ्क जोड्दा द मिराकल क्लबले ८-१५-११-६ स्कोर गरी ४० अङ्क जोड्न सफल भयो। खेलमा सर्वाधिक स्कोर बिर्तामोड क्लबका जेनिश सिङ्गले १५ स्कोर गरे।  

हाम्रो कलेक्सनका विवेक मणि श्रेष्ठले व्यक्तिगत २० स्कोर गर्दा  हाम्रो कलेक्सनले युवा जागृति क्लबलाई ६३-३३ अङ्कले पराजित गर्‍यो।  हाम्रो कलेक्सनले प्रत्येक क्वाटर २१-१६-१४-१२ स्कोर गर्दा युवा जागृति क्लबले ६-७-१२-८ अङ्क जोड्न सफल रह्यो। अन्तिम खेलमा यलम्बर क्लबले डाइनमिक यूथ क्लबमाथि ४६-४३ को जित निकालेको छ। यलम्बर क्लबले १०-११-४-२१ स्कोर र डाइनमिक यूथ क्लबले ८-१०-१०-१५ स्कोर गर्‍यो। खेलमा सर्वाधिक स्कोर यलम्बर क्लबका दिवस  राईले १९ स्कोर गर्न सफल भए।  

यसका साथै लिग चरणको सम्पूर्ण खेलहरू सकिएका छन्।  लिग चरणमा पोल 'ए'बाट ४ वटै खेल जित्दै समूह विजेता हाम्रो कलेक्सन

भएको छ।३ खेलमा जित र १ खेलमा हार बेहोर्दै यलम्बर क्लबले पनि नकआउट चरणमा प्रवेश गरेको छ। त्यस्तै पोल 'बि' बाट लिग चरणको ४ वटै खेल जित्दै ब्रदर्स क्लब समूह विजेता हुँदा समूह उपविजेता तरहरा बनेको छ। नकआउट चरणको सेमिफाइनल खेल होम अवे गरी बेस्ट अफ थ्री हुनेछ। 

शुक्रवार हुने पहिलो सेमिफाइनल खेल यलम्बर क्लब र ब्रदर्स क्लब बिच यलम्बर क्लबको खेल मैदानमा हुनेछ भने दोस्रो खेल तरहरा क्लबको खेल मैदानमा हाम्रो कलेक्सन का विरुद्ध तरहरा क्लब बिच हुनेछ।