धरान : धरानमा ग्रास रुट फुटबल प्रशिक्षण पुनः सञ्चालन हुने भएको छ ।

प्रशिक्षणका संयोजक सतिश केसीका अनुसार भोलि देखि प्रत्येक शनिवार धरान १६ स्थित रङ्गशालामा ग्रास रुट फुटबल प्रशिक्षण हुने भएको हो । 

कोभिड १९ को कारण गत वर्ष चैत्रदेखि स्थगित भएको ग्रास रुट फुटबल प्रशिक्षण फुटबल खेलको विकासका लागि धरान उपमहानगरपालिकाले बालबालिकाहरूलाई लक्षित गरेर यो कार्यक्रम ल्याएको हो ।

६ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकाहरूलाई फुटबल खेलप्रति आकर्षित गराउन ग्रास रुट फुटबल प्रशिक्षणले महत्त्वपूर्ण भूमिका खेल्ने उपमहानगरका फुटबल प्रशिक्षक अर्जुन राईले जानकारी दिए । उनले प्रत्येक शनिवार बिहान ७ बजेदेखि रङ्गशालामा प्रशिक्षण गराइने पनि बताए ।

उनले बालबालिकाहरूलाई ग्रास रुट फुटबल प्रशिक्षण निःशुल्क गराइने बताए । गत वर्ष करिब दुई सय जना बालबालिकाहरू फुटबल प्रशिक्षणमा सहभागी भएका थिए ।  

Grasrud-football-2