विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३६७ जनाको पीसीआर परीक्षण गर्दा २१ र ३९६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा १–१ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको भद्रपुर र विर्तामोडमा २–२, बाहृदशी, मेचीनगर, हाल्दिबारी र गौरादहमा १–१, सुनसरीको इटहरीमा ४, मोरङको विराटनगरमा २, बुढीगंगामा १, इलामको माई र देउमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको अरुण, खोटाङको दिप्रुङ र पाँचथरको फिदिममा १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३७ महिला र २८ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ८८९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।