धरान : मोरङको बिराटनगर महानगरपालिका–१३ बाट भारतीय नक्कली नोट सहित ३ जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत पुर्णिया थान चोक ग्राम पञ्चायतका ३४ वर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहम्मद महसुम रहेका छन् ।

आज बिहान साढे १० बजे विराटनगर–१३ नहर चोकमा सि.आर.भि. जतुवाबाट खटिएको चेकिङ टोलीले चेकजाँचको क्रममा ट्याम्पोमा सवार रहेका उनीहरूको साथबाट ४८ वटा १०० रुपैयाँका भारतीय नक्कली नोट बरामद भएको हो । नक्कली नोट सहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।