विराटनगर : प्रदेश नंं.१ को शुक्रवार सम्पन्न मन्त्रीपरिषद्को बैठकले विभिन्न ४ वटा निर्णयहरू गरेको छ ।

स्वास्थ्य मन्त्री जयराम यादवका अनुसार बैठकले प्रदेश मन्त्रालय र यस अन्तर्गतका निकायहरूको सङ्गठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले वडाको सङ्ख्या र सिमाना हेरफेर सम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान नियमावली– २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय पनि गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिए ।