धरान : धरान उपमहानगरपालिका क्षेत्र र वराहक्षेत्रको वडा १ र २ मा दिनभर बिजुली अवरुद्ध हुने भएको छ । 

विद्युत प्राधिकरण धरान वितरण केन्द्रका अनुसार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बिजुली अवरुद्ध हुने एक सूचना जारी गरी जानकारी दिएको छ । दुहबी ग्रिडदेखि धरान सबस्टेशनसम्म ३३ केभी धरान फिडरमा बुस कटिङ तथा मर्मत कार्य गर्नुपर्ने भएकोले लाइन अवरुद्ध हुने केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार धरानको सबै वडा र वराहक्षेत्र नगरपालिकाको १ र २ मा लाइन अवरुद्ध हुनेछ । समय अगावै काम सम्पन्न भएमा ५ बजे अगाडि नै पनि लाइन सुचारु हुने जनाइएको छ ।

Bijuli-Suchana