धरान : झापाको अर्जुनधारा नगरपालिका–९ स्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा अर्जुनधारा–९ का ५८ वर्षीय राजेन्द्र थापा रहेका छन् । हिजो साँझ साढे ६ बजे को.९प १७६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका पैदल यात्री थापाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालक इलाम रोङ–२ का अर्जुन तामाङलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।