धरान : सङ्खुवासभाको चैनपुर नगरपालिका–७ स्थित बालेश्वर जङ्गलमा जङ्गली जनावर मृग मारी सिकार गर्ने १ जनालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा चैनपुर–७ फलाँटे का ३५ वर्षीय दिल बहादुर श्रेष्ठ रहेका छन् । आज बिहान सवा ४ बजे बालेश्वर जङ्गलमा जङ्गली जनावरको सिकार भइरहेको छ भन्ने विशेष सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पिलुवा खोलाबाट खटी गएको गस्ती टोलीले मृग मारी घर तर्फ लादै गरेको अवस्थामा श्रेष्ठलाई १ थान भरुवा बन्दुक सहित जङ्गलबाटै नियन्त्रणमा लिएको हो । पक्राउ परेका श्रेष्ठको इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको छ ।